सुदुरपश्चिमका रैथाने उत्पादन काठमाडौंलाई चिनाउँदै सुभद्रा

 सुदुरपश्चिमका रैथाने उत्पादन काठमाडौंलाई चिनाउँदै सुभद्रा 

- भुवन अथर

काठमाण्डौँ साउन २७, मङ्कागलबार।



काठमाडौंमा जन्म, सुदूरपश्चिममा विवाह ! 

सुभद्रा संगतको जीवनको यहि संयोगले अर्को संयोग जन्मायो- रैथाने उत्पादन प्रतिको प्रेमलाई नै उद्यममा परिणत गर्न पाइन्उनले आफ्नै रहरको काम थालेकी छिन्सुदुरपश्चिमका उत्पादन देशको राजधानी पुर्याउने ! यो कामको सुरुवात नै उनले घरमा खान ल्याएको कोदो बेचेर गरेको बताइन्सुभद्राले यस्तै काम सुदुरपश्चिमका महिलालाई पनि सिकाउँछिन् 

महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा भएको महिला उद्यमीको मेलामा भेटिएकी सुभद्रा प्याकेजिङ् गरिएका सामान मिलाउँदै थिइन्ती स्थानीय उत्पादन सुदुरपश्चिमका मात्र हुन् भन्ने थाहा पाएपछि हामी कुराकानीको लागि आकर्षित भयौँ 

सुभद्राले यो काम थालेको एक वर्ष मात्र भयोकाम थालेको वर्षदिनमै ग्राहकले उनलाई चिन्न थालिसके 

उनीसँग प्रायः सुदुरपश्चिमकै उत्पादन छन्मार्सी चामल, कोदो, फाँपर, घिऊ, मह, भटमास, सिलाम, टिंमुर, मसला, सिमी, बोडी लगायतका अन्नबाली, गेडागुडी तथा तेलहन उत्पादन बेच्छिन्जसमध्ये मह, घिऊ, कोदो, फापर तथा सिमी लगायत गेडागुडीको माग अत्यधिक पाएकी छिन् 

अनि सुरू भयो रहरको काम 

उनी बरोबर सुदुरपश्चिम गइराख्थिन्त्यहाँका रैथाने चिजले उनलाई सधैँ तानिरहन्थ्योयस्ता उत्पादन खोजिखोजि ल्याउने अनि आफन्तलाई बाँड्ने गरिराख्थिइन् 

यस्तै, उनले त्यहाँका किसानमा खाद्य चेत कम पाइन्स्थानीय उत्पादन त्यसै कुहिएर जान्थ्योधेरैले निर्वाहमुखी उत्पादन मात्र गरकोकसैले व्यवस्थापन गर्न नसकेर नष्ट गरेको देखिन्यसरी, सुदुरपश्चिमका उत्पादनले बजार नपाएको उनलाई मन परेनस्नातकसम्म पढेकी उनलाई गाउँसँगै जोडिन मन लाग्यो अनि लाग्यो, ‘गाउँका उत्पादन सहरले खोजिराखेको छ ।’ 

गाउँका उत्पादनको नाम समेत नचिन्ने काठमाण्डौँबासीलाई रैथाने उत्पादन चिनाउनुपर्छ भन्ने लाग्योसहरमा माग धेरै भएको अनि स्थानीय उत्पादन त्यसै बिग्रिएर, कुहिएर गएको देखेपछि उनले त्यहाँका उत्पादन काठमाडौं ल्याएर बजार पुर्याउने सोचिन्यहिँ सोँचलाईसुयोग मार्केटिङ् एन्ड फुडनाम दिएर एक वर्षदेखी काठमाण्डौँ स्थित आफ्नै निवासबाट काम गर्दैछिन्उनलाई काठमाण्डौँमा गाउँबाट ल्याइएको सामान मान्छेलाई चखाउन पाएकोमा गर्व महसुस हुन्छउनी खुसी व्यक्त गर्छिन्, ‘मेरो कमाई नै यहि हो ।’ 

काममा उनका श्रीमानको पूर्ण साथ छ । 'श्रीमानको साथ नभएको भए यो काम सम्भब नै थिएन' अगाडी थप्छिन्, ‘सुदुरपश्चिमका पहाडी जिल्लाबाट उहाँले सामान संकलन गर्नुहुन्छमैले चाहिँ यसको प्रशोधन, प्याकेजिङ्देखी बजार पठाउने काम गर्छु ।’ 

श्रीमानको मात्र नभएर परिवार अनि आफन्तको उत्प्रेरणा पनि उनले पाएकी छिन्, जसले उनलाई काममा खुसी थपेको छ । 

जुनसुकै काम सुरुवातमा सहज हुँदैनतर उनको हकमा भने त्यति कठिनाई भएन, 'गाउँ जाँदा हरेकचोटि केहिकेहि रैथाने चिज ल्याइराख्थेँपछिपछि आफन्तले पनि माग गर्न थालेमैले घरकै खान ल्याएको सामानबाट यो काम थालेको हुँखासै ठुलो लगानी लागेन ।' उनले आफ्नै घरभित्रैबाट यो सञ्चालन गर्छिन् 

गाउँका महिला सशक्त बनाउने प्रयास 

काठमाण्डौँमा रैथाने उत्पादनको माग उच्च छ । गाउँका उत्पादन प्रयोग गर्ने राम्रो संस्कृति विकास हुँदैछतर गाउँमा खेती किसानी गर्ने क्रम घटिराखेको छ । खेती गर्नेले पनि निर्वाहको लागि मात्र गरिरहेका छन्सुभद्रालाई यहि कुराको महसुस भएपछि सुदुरपश्चिमका दुरदराजका किसानकहाँ गईन् विशेषगरी महिला किसानलाई भेटिन् सानैदेखी आफूले सिकेको सीप त्यहाँका महिलालाई पनि सिकाइन् । ‘मैले तालिम पनि दिन्छुउत्पादित वस्तुलाई भण्डारण, प्रशोधन तथा प्रयोग अनि बजारिकरणबारे तालिममा सिकाउँछुखेर जाने वस्तुको व्यवस्थापन गर्ने कुरा सिकाउँछु ।’ 

अर्को भनेको त्यहाँ धेरै उत्पादन हुने साग त्यसै खेर जान्छत्यसलाई पनि गुन्द्रुक लगायत परिकार बनाएर व्यवस्थापन गर्न सकिन्छ ‌‌। मैले गाउँ गएर यस्तै कुरा तालिममा सिकाउँछुमुलाको अचार, सिन्की बनाउन सकिन्छ 

तालिम पाएका महिलाले उनलाई धन्यवाद दिन्छन् । ‘खेर जाने उत्पादनलाई व्यवस्थापन गर्न सिकेपछि उहाँहरू खुसी हुनुहुन्छउनले तालिम पाएका महिलाको प्रतिक्रिया सुनाइन् 

उनी राजधानी काठमाण्डौँमा जन्मिएकी मान्छेबुबाआमाले गरेको कामबाट उनले सिकिन्रैथाने उत्पादन प्रशोधन गर्ने जातीय कर्म गर्ने भएको जानकारी गराउँदै उनी भन्छिन्, ‘ेरो जातले दिएकोमनले खाएको काम गर्न पाउँदा धेरै खुसी छु   

सुदुरपश्चिमप्रतिको अगाध माया 

सुदुरपश्चिम पछाडि परेकोमा उनलाई चिन्ता छ, ‘सुदुरपश्चिमलाई देशको भागै नमान्ने परिपाटी छ । यसैले पनि त्यो क्षेत्र विकासमा पछाडी परेको हो ।’ महिलाहरु अरू समुदायभन्दा पिछडिएको देखेर झन् दया लाग्छ उनलाईउनीहरूलाई सशक्त बनाउन तालिम दिन थालेको उनको भनाई छ । तर उनलाई लाग्छ, ‘यस्तो कुरा सरकारले नै गर्नुपर्ने हो तर गरेको छैन !’ 

उद्यम गर्न पढाई नै सबथोक हो जस्तो लाग्दैन उनलाईमूल कुरा आफ्नो रहर वा रुचि हो । ‘नयाँ आइडियाको लागि पढाई जरुरी छ’ उनी भन्छिन्, 'थोरै भए पनि पढ्न जरुरी छ।' केहि गर्ने चाहनाभने अवसर छ । दुख आयो भनेर हरेश खानु भएन । 'आजको आजैभोलिको भोलि नै सम्भव हुँदैनहामीले धैर्य गरेर काममा लागिराखेमा अवस्य सफल भइन्छ' उद्यम गर्न चाहनेलाई उनको सन्देश छ । 

सुदुरपश्चिमबाट उत्पादन काठमाण्डौँसम्म ल्यान मेहनतढुवानी महंगो छ । तर पनि यहाँकै मोलअनुसार सामान बिक्रि गर्छिन्उनलाई यस्तै चुनौतीगाह्रो चाहिँ यसलाई प्रशोधन गर्न काम गर्दाका दुख धेरै भएको उनी बताउँछिन्- टाढा भएकाले पनि यहाँसम्म ल्याउन कठिन छ । यहाँको मूल्यमा बेच्नु पर्छगाउँ गाउँबाट सदरमुकाम ल्याउँछौसदरमुकामबाट बसपार्कसम्म ल्याउने अनि त्यहाँबाट काठमाडौं ल्याउन निकै महंगो ढुवानी खर्च लाग्छगाउँका उत्पादन अझैँ बजार ल्याउन नसकिएको उनलाई महसुस हुन्छहाम्रा धेरै उत्पादन त्यसै खेर गएका छन्सुकाएर पनि बचाउन सकिन्छमुलालाई सुकाएर सुकुटी आदि बनाउन सकिन्छ 

कसैलाई घरमै पनि पुर्याउँछु भने कति घरमै किन्न आउनुहुन्छअनलाइनबाट पनि अर्डर गर्ने व्यवस्था छ ‌। अनि यसैगरी मेला महोत्सवमा स्टल राखेर पनि बजारीकरणको काम गरिराखेको छु 

सुरुवाती चरणमा भएकाले उनी अहिले 'आम्दानीघाट' को स्थितिमा छिन् 

उनले यसैमा भविष्य देखेकी छिन्ढिलोचाँडो आफ्नो सपना पुरा हुनेमा विश्वस्त छिन् 

सुदूरपश्चिमको पहाडी जिल्लाका रैथाने उत्पादन काठमाडौंलाई चिनाउने उनको सपना छ । रहरबाट थालेको सपनाले पूर्णता पाओस् भन्ने भक्सपपको शुभकामना छ ! 

(जन्म काठमाडौंको जयबागेश्वरी ८ र कर्मथलो सुदुरपश्चिम, डडेलधुरा !) 

 

 

Comments

Popular posts from this blog

यतिखेर मेरो गाउँमा

कविता, हावा-जीवन

माया चै लेऊ ल