हावा - जीवन - भुवन अथर - कसैको जीन्दगीका पानाहरु यो हावाले पल्टाइरहेछ तर यो हावा भरपर्दो छैन यो यस्तो हावा हो जो पढ्दैन , पल्टाइराख्छ मात्र यसको पल्टाईमा कुनै समान दिशा छैन न कुनै समान गति छ नियमितता छैन आकस्मिकता छ अनियमितता र आकस्मिकताबिचै यी पानाहरु च्यातिन सक्छन् र भुँइको छारोझैँ नचाइन सक्छन् यहाँ एक अचम्म भइरहेछ हावाकै गतिमा यी पाना पल्टिरहेछन् हावाकै लयमा यी पाना नाचिरहेछन् यो हावा यस्तो अनैतिक र अराजक छ यसले यी पाना नपढेर वा नपल्टाएर पर हुत्याइदिन सक्छ हुत्याएर कुनै निर्जन ठाउँमा फालिदिन सक्छ जहाँ यी पानाहरुको कुनै काम हुन्न हुत्याएर कुनै भिडमा झारिदिन सक्छ त्यहाँ यिनको महत्त्व नै महत्त्वहिन हुन सक्छ हुत्याएर पानीमा पोखिदिन सक्छ र पढ्नै नसकिने अस्पष्ट पारिदिन सक्छ हुत्याएर कुनै बाटोमा मिल्काइदिन सक्छ अनि कसैले पढ्न सक्ला वा नपढ्न सक्ला भन्न नसकिन सक्छ हुत्याएर कुनै रुखका कापामा अल्झाइदिन सक्छ आयु रहेसम्म कापामै रहन सक्ला आयु सकिए सकिन सक्छ...
कविता कविले लेख्दैन -भुवन अथर कविले कविता लेख्दैन न कलमले कविता लेख्छ कलमले लेखिँइदैन कविता न कविद्वारा लेखिन्छन् कविता कलमले लेखेको कविता कविता होइन साँचो कविता त कवि मरेपछि जन्मिन्छ कलमले कविता लेख्थ्यो भने मैले कलम समाउन जानेदेखी नै लेख्न थाल्नुपर्ने नि कैयौँ कविता लेखिसक्नुपर्ने नि कलमले कविता लेख्थ्यो भने कलम समाउनासाथ उसले खररर लेखिसक्नुपर्ने कविता कलमले कविता लेख्थ्यो भने कलमलाई अस्त्र बनाएकाहरूले सहस्रौँ कविता लेखिसक्नुपर्ने न साहित्यकारले कविता लेख्छ कविता गीतले लेख्छ कविता संगीतले लेख्छ कविता त सामान्य भाषाले लेख्छ कविता जनजीब्रोले लेख्छ कविता वाद-सिद्धान्तले लेख्छ कविता व्यवस्थाले लेख्छ कविता नदीले लेख्छ कविता मन्द हावाले लेख्छ कविता फूलले लेख्छ कविता बगैँचाले लेख्छ कविता चराले लेख्छ कविता आकाशले लेख्छ कविता समुद्रले लेख्छ कविता हिमाल पहाडले लेख्छ कविता दुख-दुखले लेख्छ कविता हर्ष-विस्मातले लेख्छ कविता प्रेम-विछोडले लेख्छ कविता अव्यक्त अभिव्यक्तिले लेख्छ कविता संघर्ष-कठि...
Comments
Post a Comment