समाचार र पत्रकारिताका विभिन्न परिभाषिय व्याख्यान

समाचार र पत्रकारिताका विभिन्न परिभाषिय व्याख्यान १. समाचार :- समाचार लेख्नु नै कुनै पनि पत्रकारको प्रमुख काम हो । हामी पत्रकारिता अध्ययनरत विद्यार्थी भविष्यका पत्रकार हौँ । हामीले पछि गएर समाचार लेख्नुपर्ने हुन्छ । त्यसको लागि समाचार के हो भन्ने बुझ्नुपर्ने हुन्छ । समाचारका बिषयमा विभिन्न विद्वानहरूका आ-आफ्नै मत छन् । प्रमुख पाँच परिभाषाको व्याख्यान निम्नानुसार छ : तस्वीर: salon.com (क) “ हिजोसम्म थाहा नभएको कुरा समाचार हो ”- terner catledge समाचारलाई परिभाषित गर्दै terner catledge भन्छन् - “news is anyone you did not know yesterday.” उनको भनाइमा हिजोसम्म थाहा नभएको वा नजानेको विषय नै समाचार हो । फरक शब्दमा, नयाँपन भएको विषय नै समाचार हो । आजको पत्रकारितामा यो परिभाषा सान्दर्भिक नहुन सक्छ । कारण, समाचार नयाँ कुरा वा विषय मात्र लेखिँदैन । ‘फलोअप’ भन्ने शब्द नै छ पत्रकारितामा, जसले पहिल्यै आइसकेको कुरालाई (समाचार) पछ्याऊ भन्छ । पूराना विषयलाई अथवा हिजै थाहा भएको विषयलाई अझ विस्तारमा बताउन ‘सफ्ट न्युज’ को अवधारणा बन्यो । सफ्ट न्युजले हिजो था’भैसकेको विषयलाई फरक शैलीमा सविस्तार घटनाबारे...