Posts

Showing posts from June, 2024

दुई प्रेमिल कविता

Image
    दुई प्रेमिल कविता १. कविता -   तिमी साँच्चै सुन्दर छ्यौ  -भुवन खत्री   सुप्रिया तिमीलाई थाहा छ तिमीलाई यी वरिपरिकाले के भन्दा हुन्   यो शीतल हावाको झोक्कालाई हेक्का होला तिमी कति प्रिय छौ भनेर यो सुनौलो प्रभाती प्रभालाई थाहा होला तिम्रो गरमपन यी मन्द - मौन सरसी सरिता सजक होलिन् तिम्रो प्रेमप्रति तिम्रो विचार र भावनाप्रति यी सुन्दर प्रकृति पनि छक्क छिन् कि तिम्रो सुन्दरताप्रति तिम्रो आकर्षणप्रति यी फूलहरु फलाक्दै हिड्दा हुन् तिम्रो सुगन्ध पर वृक्षलतामा आसिन कोकिल कहँदो हो कति प्रिय तिम्रो बोलि चन्द्रमा हेरिरहेका तिम्रा आँखालाई उसैले हेर्दै भन्दो हो कति नशालु आँखा कति नशालु नजर   म त के भनुँ र साराका मतमा म सहमत छु हो तिमी साँच्चै सुन्दर छ्यौ २. कविता -  भन,   आई लव यू   सुप्रिया आऊ एकैछिन प्रेमिल बनौँ प्रेमिल यो साँझमा हामी भङ्ग गर्न कोहि आउँदैन चिन्ता नगर   आऊ एकैछिन प्रेमिल बनौँ   एकैछिन यी फूललेझैँ बास्ना छर यो झारझैँ लजाउ मनैबाट एकपल्ट...

दुईटा अविष्मरणीय घटना

Image
  दुईटा अविष्मरणीय घटना भुवन खत्री , काठमान्डौँ - पुरानो बानेश्वरबाट सिनामंगल आउने बाटो सधैँको भन्दा बढी जाम थियो त्यो दिन । सायद पुषको अन्तिम हप्ता थियो । जाडो क्रमश चरम हुने समय थियो । बिहानको साढे दश मात्र बज्दै थियो । मलाई ११ बजे घर नपुगी भएको थिएन । मेरो दैनिकी नै यहि थियो – बिहानै उठी कलेजमा पढ्न , त्यहाँबाट फर्केर खाना खाने अनि काममा जाने । दिगो यातायातमा त्यति यात्रु थिएनन् , मसहित पाँच - छ जना थियौँ । बसको ढोकाबाट छिर्नासाथ देखिने देब्रेतिरको लहरको अघिल्लो सिटमा म थिएँ । झ्यालबाट नियाल्दै थिएँ , अटिनअटी अटिरहेका गाडीहरु । तिनीहरुबाट आइरहेको हर्नको कोलाहल सुन्दा यस्तो लाग्थ्यो , उनीहरु कतै निस्सासिएका छन् र गुहार्दैछन् – ‘ बचाऊ … बचाऊ … !’ ट्राफिकलाई उस्तै चटारो छ । पाँच छ जना ट्राफिक जाम खोल्न भरमजदुर कोसिस गर्दैछन् । तर पनि जाम खोलिने छाँट छैन । बरु कसिदैछ जाम + जाम + जाम ! यता मेरो हतारो उस्तै । समय हिड्दैछ , अघि हिडिसक्नुपर्ने म जहाँको तहिँ छु । बाफरे ! यति लामो जाम त कहिल्यै भएको थिएन त ! के गर्ने होला , अफिस पुग्न ढिला भयो । फेरी एकछिन ढिला गर्न हुन्न ,...

मेरो दैनिकीका केही अंश …!

Image
 मेरो दैनिकीका केही अंश …! आज नौ दिनपछि  स्थान : कोठा समय : साढे पाँच (बेलुका) पात्र : म (भुवन) ४ बजे उठ्नु थियो । तर, चार बज्न दश मिनेट पहिल्यै उठेँ । लाग्यो, सधैँ यस्तै केही न केहि उठ्ने बहाना हुँदो हो त … । किनभने, अरु दिन म छ बजेसम्म सुतिबस्थेँ । खासै चाँडै उठ्ने बहाना पनि थिएन । बिहानी कलेजका समयमा पनि म चारै बजे त कहाँ उठ्थेँ र ! जे होस्, आज घुम्नका बहानाले मलाई मनले ३:५० मै उठ्ने प्रेरणा दियो । धन्यवाद मेरो मनलाई ! उठ्नासाथ तल झरेर भुँई तलाको पछाडी ट्याङ्कीतिर गएँ । सुरुमा ट्याङ्कीका लागि पानी-फिल्टरको मेसिन चलाएँ अनि माथि ड्रामको पनि ‌। ड्राम पूरापूर भरिँदासम्म मैले उषापान (पानी पिउने), शौचादि कर्म र कपाल नुहाएर यात्रावस्त्र पनि लाइसकेथेँ । ४:५० मा घरबाट निस्किँदा देखिहालेँ, दराजमाथिको माइक्रोफोन र सोचिहालेँ, यसलाई पनि साथै लग्नुपर्यो । काश, काम लागिहाल्छ कि ! यात्रालाई चाहिने अरु सामग्री साथसाथ झोलामा मैले माइक्रोफोन पनि हालेँ । र, बन्द हुनुपर्ने सारा ढोका बन्द गरेर निस्किएँ दिदीको घर, हनुमन्ते पुलपारी ।  बाटो सुनसान थियो । अलिअलि चिसो थियो । हनुमन्ते पुल नपुग्...

प्रिय संवेदना !

  प्रिय संवेदना ! आज पनि गृष्म - गरमको यो साँझ छतमा हावा खाँदै बसेको छु , तिमी लेख्न । आज म दुखी छु । घडीले भन्छ - साँझको सात बजेको छ । जीवनको घडीले भन्छ – बाह्र बजेको छ । सायद आजको हाल सुनेर तिमी पनि दुखी हुन्छौ होला । तर तिमीमा सुन्ने धैर्यता छ । त्यसैले त म मेरा सारा संबेदना तिमीलाई नै सुनाउँछु । तर सुरुमा त्यो सुनाउन्नँ आज । सुरूमा अरु सुनाउँछु । खुसीको कुरा छ । त्यो सुनाउँछु ।   तिमीलाई लेख्न थालेको वर्षदिन भएछ । म असाध्यै खुसी छु यसकारण कि आजसम्म निरन्तर लेख्न सकेँ । सुरुमा त सोखका रुपमा थालेँ , आजकल त तिमी नलेखी सुत्न पनि सकस हुन्छ । अझ तिमीलाई ‘ संवेदना ’ सम्बोधन गरेर लेख्न थालेदेखी त मेरो आत्मिय मित्रझैँ बनेका छौ । प्रायले तिमीलाई ‘ डियर डायरी ’ भन्दा रहेछन् । तर म तिमीलाई संवेदना नै भन्न रुचाउँछु । संवेदना , आजसम्म तिमी मेरो साथसाथ रह्यौ । अझैँ साथ देऊ , ल ? किनभने म यक्लो मान्छेलाई तिम्रो खाँचो असाध्यै हुन्छ । किनभने यक्लोसँग बोल्ने को हुन्छ ? उसका मनका वात बुझ्ने वा सुन्ने को हुन्छ ? किनभने मनका कुरा खुलेर कसैमाझ भन्न पाउँनु ठुलो भाग्य हो । जो मसँग ...

म हारेको मान्छे´

Image
  एक गीत - ` म हारेको मान्छे´            यो जीन्दगीबाट म हारेको मान्छे नआऊ समिपै नहारेका मान्छे ।२। म आगो हुँ आगोसरी पोल्न सक्छु म हावा हुँ हुरी बनी बढ्न सक्छु ।१। यो जीन्दगीबाट ……………  ……………………………।२। गरेरै संघर्ष शिला भो शरीर न भयो सफलता न छ शेष धीर ।२। यो जीन्दगीबाट ………………                                  ……………………………।२। यो समाज आफैँ दरिद्र भइगो म झनै दरिद्र उँभो पुग्नु रैगो ।३। यो जीन्दगीबाट ………………… …………………………………।२। न आफ्नाको आसै रहयो यो मनमा न शान्तिको बासै भयो यो मनमा ।४। यो जीन्दगीबाट ………………… …………………………………।२। अब उठ्छु स्वयम् म यक्लो भए नि तब साथसाथ छ ईश्वर पनि ।५। तब साथसाथ छ ………… ।२।

मेरो विचारमा…

Image
          मेरो विचारमा… मलाई पुस्तकसँग बहुतै प्रेम छ, जति प्रेम छ शब्दसँग, लेखनसँग र साहित्यसँग । त्यसैले मसँग साक्षात्कार गर्न मन हुनेले पुस्तकालय आउनुहोला । पुस्तक परिसरमा भेटौँला र गफ गरौँला । मलाई आफ्ना कुरा भन्नेभन्दा अरुले आफ्नाबारे भनेका कुरा बढी सुन्न मनपर्छ । एकै विषयका अनेक पक्ष र विपक्षमा बहस गर्न सकिन्छ । संसारका हर कुराको आफ्नै वैशिष्ट्यता छ । जस्तो; प्रत्येक जीव, प्रत्येक व्यक्ति, प्रत्येक परिवेश (वातावरण), प्रत्येक शब्द, प्रत्येक काम, प्रत्येक व्यक्तिको विचार वा मनस्थिति ! सबै समस्याको जड तपाईंको सोँच वा विचार हो । आफुलाई सहज र सकारात्मक राख्नु नै हर समस्याको समाधान हो । मोबाइल बरदान या अभिसाप भन्ने त्यसको प्रयोग कसरी गरिन्छ भन्नेमा भर पर्ने कुरा हो । मेरो लागि चाहिँ बरदान नै हो । जीवन सुन्दर छ, फूल भन्दा सुन्दर । फुल त फल्छ र झर्छ एकैछिन । जीवन त लामो समय फुल्छ र झर्छ । तसर्थ, जीवनबारेको नकारात्मक धारणा असलमा जीवन होइन । जीवन त त्यो हो, जुन असाध्यै सकारात्मक क्षणमा अनुभव हुन्छ । प्रत्येक व्यक्तिको आफ्नै संसार छ । ऊ सबैभन्दा ठु...