Posts

एकाग्रता मतलबः वर्तमान !

Image
  एकाग्रता मतलबः   वर्तमान ! -भुवन अथर तस्बिर र लेख अलग हुन् !🥰 कति पढ्नु , केहि लेख्छु ! यसो भनेर लेख्न थालेको आधा घण्टा त बित्यो होला ! तर लेख्ने बिन्दु समाउन सकेको छैन । अक्सर यस्तै छु , एकाग्रता भन्ने चिज बेलाबेला गायब हुन्छ । लेख्ने, बोल्ने र सोच्ने बेला झन् …! एकाग्रता चाहिने भनेकै यस्तै बेला हो । अबको आधा घण्टा कुनै विषयमा एकाग्र भएर लेख्न सके मात्र पनि सुखी हुने थियो मन ! वा एकै विषयमा सोच्न सके पनि भो । एक मनले सोचेको पनि थियो , बाल्यकालीन कुनै स्मृति लेख्नुपर्यो । यसको विरुद्दमा अर्को मन बोल्यो , आफ्ना अनुभव पनि भन्न मिल्ने समाजको कुनै समसामयिक विषयमा लेख्दा होला । फेरि यी दुबैको मतमा असहमती जनाउँदै अर्को मन आफ्नो राय दिन्छ , आफ्नै जीवनमा तत्काल घटित कुनै विषय पक्रिएर समग्र अनुभव समेटे होला । के छ त्यस्तो विषय , जो तत्काल मेरो जीवनमा घटित छ ? सम्झिएर एक एकलाई डायरीमा टिप्न थालेँ । प्रत्येकलाई विश्लेषण गरेँ । तर कुनै काम लागेनन् । कुनै विषय लेख्नलायक पाइएन । विषय नभेटाएपछि म बिहानतिर जान्छु र विस्तारपूर्वक वर्तमानमा आउँछु । मतलब , उठेदेखि अहिलेसम्म के के ...

भीषण आगलागीले बाजुराको बाम्का बजार ध्वस्त

भीषण आगलागीले बाजुराको बाम्का बजार ध्वस्त बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ । मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् । आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै अ भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’ उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए  ‘दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नियन्त्रण हुन लागेको छ,’ उनले भने । बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा आगो लागेको थियो । स्रोतः अनलाइनखबर

लेख्न नसकेको (नभ्याएको वा नपाएको) संस्मरणांश-

लेख्न नसकेको (नभ्याएको वा नपाएको) संस्मरणांश- ०७५ मा पहिलोपल्ट काठमान्डौँ उपत्यका छिर्दा मैले यसको साँघुरोपन देख्न सकिनँ । वा यसको विराटता देख्न सकिनँ । किनकी त्यतिखेर थानकोट पुग्दा राति भइसकेथ्यो । पहिलोपल्ट काठमान्डौँ उपत्यकालाई माथिबाट हेर्न पाएको थिएँ २०७८ मा । त्यतिखेर मैले भक्तपुरको डाँडाबाट हेरेको थिएँ । अर्कोचोटी २०७९ मा हो हेरेको । यसपटक मैले गाउँ जाँदा थानकोटबाट फर्किएर हेरेँ । तर भक्तपुरको डाँडाबाट देखिएको प्रष्ट र विराट उपत्यका देखिनँ । त्यसपछि पनि थानकोटबाट जाँदा आउँदा उपत्यकाको फैलावट महसुस गर्न खोजेँ । अर्कोपल्ट गत साता उपत्यकाको फैलावट वा अवस्थिति महसुस भयो । भक्तपुरबाट जस्तो फैलावट देखेको थिएँ , त्यो दिन अझ प्रस्ट देखेँ । यसपटक काठमान्डौँकै डाँडाबाट काठमान्डौँ उपत्यका हेरेँ । त्यो दिन उपत्यकाको उत्तरपश्चिमी डाँडो नागार्जुनबाट हेर्दै थिएँ । तीन घण्टा पैदल उकालो हिडेपछि २१ सय मिटर उचाइबाट उपत्यकाको दृष्य देख्दा एकैचोटी दुईटा विचार आए – ‘ कति सानो !’ ‘ कति ठुलो !’ सन्दर्भ हो पैदलयात्राको । अर्थात् हाइकिङ्को । सन्दर्भ हो नागार्जुन हाइकिङ्को । अर्थात् जामाच...
     *पहिलो प्रेम*  निकै रोचक छ पहिलो प्रेमकथा हाम्रो भेट नै नभेटेर भयो हाम्रो प्रेम नै नदेखेर भयो जब पहिलोपल्ट देखभेट भयो तबै त हो हाम्रो बिहे भएको

यतिखेर मेरो गाउँमा

Image
  यतिखेर मेरो गाउँमा  - भुवन अथर  यतिखेर मेरो गाउँमा बसन्ती आएकी होलिन्। गाउँ वरिपरि पहाडसँग समानान्तर भएर रङ्गीन गुराँसे रेखाहरू कुनै सुन्दर स्त्रीका  गलामा अर्पित मालाजस्तै  बसेका होलान् लहरै। खेतहरूमा, आँगनहरूमा, वनहरूमा, गाउँलेका मनहरूमा फूल्दै होलिन् मोहिनी गुराँस। डाँडाहरूलाई वरिपरि राखेर, गाउँलाई बीचमा पारेर, परपरसम्म लगातार  सुनाइरहेकी होलिन् कोहिलीले देउडा गीत। गुञ्जन थाले होलान् गोठालाहरूका मन जोड्ने जीवन बोल्ने  वासन्ती भाकाहरू, वनका लम्बेतान सुसेलीहरू । गोधुँली साँझतिर  टाढा टाढाका बटुवाहरु देउरालीमा बसेर सुस्केराका बिसौनीहरुमा जीवनका सारा बिरह बिसाउँदै होलान् गरिबी, अशिक्षा र अभावले सेकिएको गाउँको ढाडमा वरपिपलले आफ्नो छहारी छर्दै शीतलता संचार गर्दै होलान्। पानी पर्नुअघिको हतास बतास गाउँका कुनाकुना, रुखका पातपात, अन्नका दानादानामा दगुर्दै होला पानी परेपछिको मौन हावा सबैमा शान्ति भर्न जाँदो हो । रुखका काण्ड-काण्ड र पात-पातमा पोतिँदै होला जीवनको हरियो रङ्ग, रुखका कापामा बन्दै होलान् ओतिने घर। पहाडका भित्ताभित्रबाट फुट्दै होलान् पानीका मु...

चिन्तामुक्तिको सरल शुत्रः चिन्तामाथि चिन्तन

Image
                  चिन्तामुक्तिको सरल शुत्रः             चिन्तामाथि चिन्तन -भुवन अथर प्रिय मन, तँ यसरी दुखी नभईदेन ल !? तेरै कारण मैले यत्रो हैरानी खप्नुपर्छ । जीवन ज्यूँनुको रस गुम्नुको दोषी तैँलाई मान्छु म त ! तेरो स्वभावै अचम्मको- दुखी भएपछि भइराख्ने ... । यहि तेरो स्वभावले गर्दा म शक्तिहिन पो हुन्छु ! तँ किन बुझ्दैनस् यस्ता कुरा ? को छैन र दुखी यस संसारमा ? हरका आआफ्ना दुख छन् । तेरा साथीहरूलाई नै हेर् न । तेरा चिनजानका अरू जोकोहिलाई हेर् न । कसले चाहिँ भन्छ कि म जहिल्यै खुसी हुन सक्छु ? कोहि पनि मानिस जीवनमा हमेसा खुसी हुन नसक्ने सामान्य सत्य पनि तँ बुझ्दैनस् । बुझिराख् अबदेखी ! र यो पनि बुझिराख् – आजको दुख स्थायी होइन । तँ नै भन् न, आजका यीँ दुख तेरो बाल्यकालका जस्ता दुख हुन् र ? त्यतिखेरका दुख अर्कै थिए, आजका फरक छन् । दुख त यसैगरी आइरहन्छन् । यी जीवनबाट कहिल्यै भिन्न रहन सक्दैनन् । जीवनको आधा भाग दुख हो, आधा सुख । यसैले त भनिन्छ नि, दुख र सुख नै जीवन । तैँले बुझेको छैन र ? एकछिन सोच् त ! हाम...

Happy New year !

 यति लामो नपढ्दा पनि हुन्छ ! मात्रै यति भन्न खोजेको - तपाईँलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना ! दिन सोचे झैँ बनुन्, शुभकामना यो पनि ! … २०८२ साल । यसलाई म ‘एक वर्ष बढेको’ रुपमा मात्र हेर्दिनँ । नयाँ वर्षलाई म नयाँ रुपमा सोच्छु । केही फराकिलो ढङ्गले सोच्न मन लाग्यो आज । मलाई ‘गत वर्ष र यो वर्ष’ मै सीमित रहन मन भएन। वर्ष गणनाको आदिम समयसम्मै जान मन लाग्यो। यो साललाई यसरी सोच्न मन लाग्यो कि मेरो सोचाइमा मात्रात्मकता मात्र नभएर गुणात्मकताको सुगन्ध आओस् ।  नयाँ र फराकिलो सोच्छु भनेर ‘एक’ लाई वेवास्ता गर्न खोजेको होइन, सत्य ! शून्य, एक… हुँदै त सुरु हुने हो अनन्तसम्मको अंक गणना ! … २०८२ साल । यसलाई म वर्ष गणनाको आधारमा हेर्छु । अर्थात्, पूर्वीय सभ्यतामा (अझ, भारतवर्षीय सभ्यतामा) वर्षहरू गणना भएको २ हजार ८२ वर्ष पुगेछ । यस दौरानमा कति परिवर्तन भोग्यो मानव सभ्यताले, त्यो इतिहास पढ्दा थाहा भै’हाल्छ । यो काल यति महत्वपूर्ण रह्यो, जङ्गली जीवनबाट निस्किएर मानव अरु ग्रहमा भविष्य सोच्दैछ । संचार र प्रविधि क्षेत्रको व्यापक परिवर्तन व्याख्या गरिराख्नै पर्दैन; सम्पर्क र अन्तरक्रियामा रहन...

त्यो दिन

Image
 त्यो दिन  -भुवन अथर  त्यो दिन  ‘आजको म’ मर्नेछ र अर्को जन्मनेछ अर्को अध्यायको  नयाँ अध्यायमा  करोडौँ वर्षदेखिको सूर्य ताजा देखिनेछ  यसैले मेरा दिन ताजा हुनेछन् लाखौँ वर्षदेखिको चन्द्रमा पनि अझ चम्किनेछ त्यसैले मेरा रात चम्किनेछन्  समग्र दिनचर्या सरिता-गतिमा बग्नेछ जब ‘अर्को म’ जन्मनेछ त्यो दिन मेरा पखेटा उम्रनेछन् र आरम्भ हुनेछ उडान  अर्को आकासको अर्को आकास यो भन्दा फराक हुनेछ यसैले म निस्फिक्री अकासिन, फैलन र फूल्न पाउनेछु जसै बाफ अकासिन्छ, बादल बनेर फैलन्छ र पृथ्वीलाई नभई नहुने नियम पूरा गर्छ  यो जस्तो सीमित रहनेछैन त्यो यसैले म असीम बग्नेछु मेरो नयाँ लय बन्नेछ जब मेरा पखेटा उम्रनेछन् त्यो दिन एउटा पिँजडा भत्किनेछ र चरा उड्नेछ आफ्नै दुनियाँमा  त्यो दुनियाँ नितान्त नौलो हुनेछ नौलो हुनुका नाताले सबै अपरिचित हुनेछ अनेक आश्चर्य उजागर हुनेछन् दुनियाँको वास्तविक नापो बुझिनेछ तब म अचम्मित हुनेछु नौलो दुनियाँले अनेक नयाँ दुनियाँ देखाउँनेछ जब पिँजडा भत्किनेछ त्यो दिन एउटा कैदी छुट्नेछ कारागारबाट छुटेपछि जब मूलढोकाबाट बाहिर निस्किनेछ ऊ एक ...

याद

 कविता: याद -भुवन अथर  नआए नि ठिकै छ आए झन् निकै छ तर नआउँदा यसरी नआउनु- याद समेत नपठाई आउँदा यसरी आउनु- याद अन्यत्र नछुटाई

तीन सेकेण्ड

Image
 *तीन सेकेण्ड* -भुवन अथर  यत्रो व्याकुलतामा— घण्टौँ बात गर्यौ, तर के सार्थक पार्यौ? मात्र तीन शब्दको त अपेक्षा थियो! ... अझै बाँकी छ रोकिन मेरो सास— तीन सेकेण्ड  गरेको गल्ती  सच्याउन सक्छौ ।

कान नसुन्ने वाद

Image
 कान नसुन्ने वाद -भुवन अथर  “टाढा… कता हो कुन्नि कस्को हो कुन्नि जिन्दावाद र मुर्दावादका कोलाहल सुनिदैछन् कुन जिन्दावाद कस्को पक्षमा कुन मुर्दावाद कस्को विपक्षमा मलाई केहि थाहा छैन मलाई यी कुनै वादमा विश्वास पनि छैन तर म जान्न चाहन्छु  भन्नुस् त बाबु यो कोलाहल कसको हो आजभन्दा दुई दशक पहिले पनि  यो बस्ती छेऊबाट हुलका‌ हुल कोलाहल  के के आश्वासन फलाक्दै थिए मैले त सुनेँ मात्र हेर्नुस् आजसम्म खै के भयो न हाम्रो हाल सुध्रियो न समाजबाट वर्ग गयो हामी भुइँवर्गले कहिले उँभो लाग्ने हामी भुँईमान्छेले कहिले घर देख्ने   मैले धेरै पटक सुनेको छु यस्तो कोलाहल- एक नायक आउँछ हुलका हुल कोलाहल बटुल्छ यदि कोलाहाल कुनै उत्तेजित भीड होइन भने  ऊ आक्रामक नहोला  हो भने त्यो कोलाहलले अर्को कोलाहल ल्याउँछ  र त्यसले सहर चर्काउँछ मैले त धेरै सुनेँ बाबु… तर खै  जुन कोलाहल आए पनि हामीलाई सुन्दैन अब त ‘जुन वाद आए पनि कानै नसुन्ने’ भन्नुपर्यो  हेर्नुस् न यो धमिलो खोलो बर्खाको बेला  यो खोलोले दुख दिन्छ यो बस्तीका छानाको काठ र टिन देख्दैहुनुहुन्छ नि यी धेरै पूरान...

मायाको आयतन

Image
  मायाको आयतन - भुवन अथर धुम्म धुम्म मौसमको  कुनै दिन लगभग दुई घण्टा लगाएर  तिम्रा र मेरा पैतालाले  त्यो अग्लो र एक्लो  चुली नापेका थियौँ त्यही चुलीको चुच्चोमा बसेर हामी मस्त प्रेमालापमा थियौँँ याद छ कि छैन तिमीलाई ? भावुक कुराकानीको कुनै गम्भीर मोडमा तिमीले सोधेकी थियौ- ‘कति माया गर्छौ ?’ ‘निलो गहिराई नाप्ने कुनै गणितीय सूत्र भए कालो लम्बाई मापन गर्न कुनै वैज्ञानिक विधि भए सेतो उचाईं‌को नापो लिने कुनै आधुनिक यन्त्र भए रातो फैलावटको मान देखाउने कुनै अंक छ भने  तिनबाट जति अंकमान आउँछ म तिमीलाई त्यति माया गर्छु’ मेरो जवाफपछि तिमी  अवाक् भएकी थियौ त्यो दिन सम्झेर  आजभोलि म अवाक् हुन्छु यहि सोचेर कि- कहाँ टिक्यो र आज मायाको त्यो आयतन !

आत्माप्रेमी

Image
  आत्माप्रेमी   - भुवन अथर  अमरहृदया  सायद म तिमीलाई  जन्मनुअघि नै चिन्थेँ जन्मेपछि  अझ नजिकिन पाइयो  हुर्कँदै गएपछि  तिमीलाई अघोर प्रेम गर्न थालेँ र आज सकिनै लाग्दा  लाग्दैछ - ‘मैले जीवन पहिले र आजीवन  तिमीलाई जसरी प्रेम गरेँ,  त्यो साँचो प्रेम थियो’ ए मेरी अमरहृदया  म सकिनु अघि  तिम्रो हँसिलो अनुहार हेर्न मन छ कृपा गरेर मलाई प्रथमपल्ट हेर ताकि मैले तिमीलाई देख्न सकुँ  यो शैयामाथि नचढुन्जेल  यो सयनमा नसुतुन्जेल यो एक पाइलो नसकुन्जेल  यो एक लप्को नसल्कुन्जेल यो एक जीवन नरहुन्जेल  आँखा जुधाई बसौँ न‌ ल अनि शून्यमा बोलाऔँ... (२०८१ चैत्र ३ मध्यरात)